अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित थापाले ६ हजार १६६ मत प्राप्त गर्नुभयो । नेकपा एमाले अध्यक्ष उम्मेदवार कृष्णबहादुर भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृत भीमप्रसाद भुसालले जानकारी दिनुभयो ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी तारा थापा ढेगा विजयी हुनुभएको छ । उहाँले ६ हजार २ सय ७७ मत प्राप्त गर्नुभयो । एमालेका उम्मेदवार सुशीला पुनले ५ हजार ५ सय मत ल्याउनुभयो । गुल्मीदरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित हुनुभएको छ । त्यस्तै नेकपा एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधि पौडेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि गुल्मीको रेसुङ्गा नगरपालिका पनि नेपाली कांग्रेस विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।