नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपालको दोस्रो हार
मंसिर १०, २०८१ सोमबार
उदयपुर – उदयपुरको कटारी नगरपालिका ७ सोरुङ्ग छविसेमा पर्ने कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आजमात्र मतपेटिका उठाइएको छ । शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका उठाउने क्रममा स्थिति असहज भएपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय एक युवकको ज्यान गएको थियो ।
प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको परिवारसँग ७ बुँदे सहमति भएपछि उदयपुरको कटारी नगरपालिका-१० सोरुङछविसे स्थित कालिका माध्यामिक विद्यालय मतदान केन्द्रको मतपेटीका कटारी ल्याँदै छ ।शुक्रबार प्रहरीले गोली चलाउँदा १९ वर्षीय नवीन भनिने वीरबहादुर कटुवालको ज्यान गएपछि स्थानीयले शव र मतपेटिका दुवै उठाउन दिएका थिएनन् ।
आज बिहान प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहित जिल्ला सुरक्षा समितिका सदस्य, राजनैतिक दलका प्रतिनिधि, विभिन्न पार्टीका उम्मेदवार सहित मृतकका परिवारसँग ७ बुँदे सहमति भएपछि स्थानीयले आज मतपेटीका उठाउन दिएका हुन् । युवकको शव पनि पोष्टमार्टमका लागि कटारी ल्याइँदै गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
स्थानीयले मृतककलाई शहीद घोषणा गर्नुपर्ने, परिवारका सदस्यलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकको नाममा स्मारक बनाउनुपर्ने, मृतकका परिवारका एक सदस्यलाई नगरपालिकामा रोजगारीको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै मतपेटिका कटारी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन दिएका थिएनन् ।स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि मतपेटिका उठाइएको प्रजिअ यादवले बताउनुभयो । उहाँले भन्नुभयो, 'मत पेटिका र शव सँगै लगिँदैछ । अब मत गणना लगायतका कामहरु अगाडि बढाइनेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।