बझाङको मष्टा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार ११:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ– बझाङको मष्टा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानबहादुर बोहरा र उपाध्यक्षमा माओवादी केन्द्रका हर्कबहादुर धामी निर्वाचित हुनुभयो । 

बोहोराले ३०८३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिपक रोकायाले २३३७ मत ल्याउनुभयो । बोहरा २०७४ सालको पालिका चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित हुनुभएको थियो । गाउँपालिका उपाध्यक्षमा निर्वाचित माओवादीका हर्कराज धामीले २८१७ मत ल्याउँदा निकतटम प्रतिस्पर्धी एमालेकी शर्मीला रोकायाले २३३० मत ल्याउनुभयो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया