च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।
असोजको ४ (सेप्टेम्बर २०) गतेदेखि चीनका छेन्दुमा शुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तराष्ट्रिय मेला’मा सहभागी हुन चिन जानु भएको हो । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले उपराष्ट्रपति पुनलाई बिदाई गर्नुभयो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएका उपराष्ट्रपति पुनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन शत्रको कार्यक्रमलाई सम्बोधन पनि गर्नुहुनेछ । त्यसै दिन उपराष्ट्रपति पुनले ‘एक क्षेत्र एक मार्ग’ (ओबीओआर) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
चीन भ्रमणमा रहँदा उपराष्ट्रपति पुनसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र उच्चपदस्थ सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्नेछन् । उपराष्ट्रपति पुन असोज ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।