नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज घटेर राताम्मे भएको छ । नेप्से आज ८४ दशमलव नौ अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, उत्पादन र अन्य समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । दुई सय २१ वटा कम्पनीका ३५ लाख ९५ हजार कित्ता शेयर एक अर्ब ६४ करोड ४० लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै जाल्पा लघुवित्तको नौ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो । युनाइटेड इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स र सूर्योदय ओमी लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भए पनि सामुदायिक लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।