संविधान कार्यान्वयनमा सरकार असक्षम : नेपाली कांग्रेस

 असोज ३, २०७५ बुधबार १९:२१:४५ | उज्यालो सहकर्मी

काठमाडौं –नेपाली कांग्रेसले संविधान कार्यान्वयनको सम्बन्धमा सरकार असक्षम रहेको आरोप लगाएको छ ।

संविधान दिवसको अवसर सरकारको समीक्षा गर्दै कांग्रेसले संघीयतालाई दरिलो बनाउने इच्छा शक्ति र क्षमता प्रस्तुत गर्न नसकेको आरोप पनि लगाएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले संविधानको अपनत्व विस्तार गर्न पनि चुकेको आरोप लगाउनुभयो । संविधान निर्माणमा असन्तुष्ट रहेका दलहरुसँग गरेको समझदारी सरकारले बिर्सँदा आज संविधान दिवसको दिन कतै हर्सोल्लास कतै कालो दिन मनाउनु  परेको लगाउनुभयो ।

संविधान संशोधनमा विगतको सरकारलाई राष्ट्रघाती भने पनि अहिले सरकारले संशोधनलाई सत्ताको बार्गेनिङका रूपमा मात्रै प्रयोग गरेको उपसभापति निधिको तर्क छ ।

कांग्रेसले सरकार लोकतान्त्रिक चरित्र गुमाउदै गएको पनि आरोप लगाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनेगरी, समाचार लेखेको भरमा, प्रश्न सोधेको भरमा पत्रकारमाथि गैरव्यावसायिक काम सरकारले गरेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया