'ब्युटी पेजेन्ट' बलात्कार घटनाबारे छानबिन गर्न समिति गठन

 जेठ ७, २०७९ शनिबार १६:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'ब्युटी पेजेन्ट' अर्थात् सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको भनि सामाजिक सञ्जालमार्फत् सार्वजनिक घटनाबारे छानबिन शुरू भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रेस विज्ञप्ति निकालेर वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा समिति गठन गरी छानबिन शुरु गरिसकेको जानकारी दिनुभएको हो । पीडित युवतीलाई न्यायको माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाउनुको साथै प्रधानमन्त्री निवास अघि र काठमाण्डौको माइतीघरमा प्रदर्शन भइरहेका बेला गृह मन्त्रालयले विज्ञप्ति निकाले घटनाबारे छानबिन शुरु भइसकेको जानकारी दिएको हो ।

विज्ञप्तिमा महिलामाथि हुने हिंसाका घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको र अहिले सार्वजनिक भएको घटना पनि छानबिन शुरू भइसकेको उल्लेख छ । गृहमन्त्रालयले समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न सबैसँग अनुरोध पनि गरेको छ । आठ वर्षअघि मिस ग्लोबल इन्टरनेशनलमा सहभागी युवतीमाथि आयोजकले नै बलात्कार र यौन दुर्व्यवहार गरेको घटना पीडित युवतीले सामाजिक सञ्जाल टिकटक मार्फत सार्वजनिक गरेकी हुन् ।

हिजो प्रतिनिधि सभाको बैठकमा साँसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभाको बैठकमा घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया