कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेपछि प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले पाण्डेलाई काठमाण्डौबाट पक्राउ गरेको उज्यालोलाई जानकारी दिएका छन् । किशोरीले सामाजिक सञ्जालमा भिडिओ राखेदेखि नै पाण्डेलाई निगरानी गरिएकोमा आज पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ । उनलाई कुन कानुनमा टेकेर मुद्दा चलाउने भन्ने विषयमा अहिले कानुनका ज्ञातासँग परामर्श गरिरहेको पनि स्रोतले जनाएको छ ।
‘एक वर्षको हद म्यादका कारण साधारण हिसाबले बलात्कारको मुद्दा चलाउन समस्या छ त्यसैले अरु कुनै कानुन आकर्षित हुन्छ कि भनेर पनि परामर्स भइरहेको छ’, स्रोतले भनेको छ ।
पीडित युवतीले पनि जाहेरी दिने क्रममा रहेको प्रहरीको भनाई छ । ‘हामीले अस्ति र हिजो पीडित युवतीलाई भेटेर मनोपरामर्श दियौँ, अहिले उहाँ जाहेरी दिने तयारीमा हुनुहुन्छ’, स्रोतले भन्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kiran Thapa
May 22, 2022, 2:05 p.m.Rule must be flexible and changed on the basis of crime. New heinus crime must remedied by new rule. Some girls are obliged to shut down theit lips due to lack of confidence and proper education for a life span. So, Rule must be changed and addressed to the victimized. Hell mr. Manoj pandey u gonna under the paw of law. Rest of his life must be ruined and disrespected by his familys' female members.. Go to hell and must given him death penalty. By doing so, not only Sushmita but also other girl like Nirmala get peace in soul.
अबोध
May 21, 2022, 7:41 p.m.पिडकले सजाय पाउनु नै पर्छ तर प्रहरीनै हदम्याद नाघेको अवस्थामा कुन कानूनले कारवाही गर्ने भन्ने नै जानकार छैन यस्तोमा पिडितले न्याय पाउछिन त संकै छ बा। पछि पिडक भन्ने व्याक्तिले सफाई पाए प्रहरी, सरकारी वकिलकै काम प्रति प्रश्न चिन्ह खडा हुन्छ ।