सरकारकाे नीति तथा कार्यक्रममा नेपाली उत्पादनकाे प्रवर्द्धनमा ध्यान दिइन्छ : गगन थापा

 जेठ ८, २०७९ आइतबार १५:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्विर

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताउनुभएको छ ।

आज आइतवार काठमाण्डाैमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक 'अतृप्त अवसर' लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै थापाले यस्ताे बताउनुभएकाे हाे । 

महामन्त्री थापाले आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझावअनुसार उद्योग मन्त्रालयअन्तर्गत 'प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम' को नाममा छुट्टै परियोजना आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो मात्रै प्रधानमन्त्रीलाई भेटेर यो वर्षको नीति, कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम भनेर एउटा छुट्टै परियोजना उद्योग मन्त्रालयले लिड गर्ने यसमा अध्ययन गरेर नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई गएर बुझाइएको छ । उहाँले हाम्रो कुरा सुनिदिनुभयो ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया