कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको राष्ट्र बैङ्कक...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्यवृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाउनु भएको छ ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले मूल्यवृद्धिको पवृत्ति अभूतपूर्व रहेको भन्दै टिप्पणी गर्नुभयो । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताउनुभयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्यवृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वत: बढ्ने भएकाले नागरिकले हरेक वस्तुमा महंगीको मार खेप्नु परेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।