टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
अभिनेता रणवीर कपूरले सन् २००७ मा फिल्म ‘सावरिया’ बाट बलिउड डेब्यू गरेका थिए । उनको यो फिल्म बक्स अफिसमा फ्लप भयो ।
तर बलिउडमा स्थापित हुने उनको सपनाको सुरुवात त्यही फिल्मबाट भएको थियो । पछिल्लो फिल्म ‘सञ्जु’ ले एकाएक रणवीरलाई सफलताको शिखरमा पुर्याइदिएको छ । तर फिल्म ‘सञ्जु’ अघि उनका फिल्महरु यसरी फ्लप भएका थिए जसको झट्का सायद उनले कहिल्यै बिर्सने छैनन । सायद यसैले हुनसक्छ रणवीर कपूर उनको ११ वर्षको करियरमा आफूलाई सफलताले भन्दा असफलताले धेरै पाठ सिकाएको कुरा स्वीकार गर्छन् ।
प्रस्तुत छ हालै रणवीरसँग हिन्दुस्तान टाइम्सले गरेको अन्तर्वार्ताको अनूदित अंश
वास्तवमा, सफलतालाई ह्यान्डल गर्न निकै सजिलो छ । जब तपार्इँ सफल हुनुहुन्छ त्यस समयमा हामीलाई महसुस नै हुन्न किनकी सबै जना तपार्इँको अघिपछि हुन्छन् र उनीहरु प्रशंसा गरिरहेका हुन्छन् । तर असफलताले हामीलाई धेरै कुरा सिकाउँछ ।
त्यसपछि थाहा हुन्छ कि सफलतालाई सजिलै ह्यान्डल गर्न सकिन्छ । तर असफलता हाम्रो कट्टर प्रतिद्वन्द्वी हो । यसले हामीलाई यति जोरसँग थप्पड लगाउछ कि त्यो त्यसबेला महसुस गर्न नै सकिन्न । तर विस्तारै विस्तारै १/२ वर्षमा थाहा हुन थाल्छ कि तपार्इँ असफल हुनुभएको छ ।
अहँ, मलाई त्यसमा कुनै पनि दुःख मनाउ छैन । मलाई लाग्छ मेरो सफलता भन्दा असफलताले मलाई धेरै कुरा सिकाएको छ । अझै पनि असफलतालाई ह्याण्डल गर्न गाह्रो छ तर तपाईँसँग राम्रो सपोर्ट सिस्टम हुन आवश्यक छ । चाहे त्यो तपाईँको परिवार वा साथीभाइ होस् । जसले तपाईँलाई दुःख परेको बेला साथ सहयोग र हौसला दिउन कि असफलता जीवनको एक मोड हो, अन्त्य होइन ।
मलाई लाग्छ मैले त्यस्तो खराब समयको अहिले सम्म सामना गर्नु परेको छैन । म सँग अहिले पनि धेरै व्यक्तिहरुको साथ छ । जसले मलाई मन पराउनुहुन्छ र सोच्नुहुन्छ म एक राम्रो अभिनेता हूँ । उहाँहरुले मलाई साथ र सहयोग दिइरहनुहुन्छ । इमान्दारीका साथ भन्नु पर्दा म एक फिल्मी परिवारमा हुर्किएको व्यक्ति हूँ । म यी सबै कुराहरुको लागि म तयार थिएँ । त्यसैले मैले मेरो सफलतालाई कहिले पनि मेरो टाउको भन्दामाथि चढ्न दिइन न त मैलै असफलतलाई मनमा लिएर हिडेँ ।
हेर्नुहोस्, यदि कोही व्यक्तिको व्यवहार मप्रति परिवर्तन भइरहेको छ भने मेरो लागि त्यो ठिकै हो । सायद म आफै पनि आफूलाई त्यतिधेरै महत्व दिन्न । मलाई लाग्छ म केवल एक औसत अभिनेता हूँ र सामान्य व्यक्ति हूँ जसले एकदमै राम्रो अवसरहरु पाएको छ । हो, मलाई आफूमाथि भरोसा र आत्मविश्वास छ की म केही खास गर्न सक्छु । यही कारण आज म सफल छु । अन्यथा म यो संसारलाई बचाउने काम गरिरहेको छैन । म केवल फिल्महरुमा अभिनय गर्छु त्यसैले यी सब कुरालाई गम्भीरताको रुपमा लिन्नँ ।
यो एकदमै राम्रो कुरा हो । यदि मानिसहरु कसैमाथि अधिक सम्भावना देख्छन भने यो उनीहरुको महानता हो साथमा उत्साहजनक पनि तर तपार्इँले पनि फिर्तामा केही दिनसक्नु पर्छ । त्यसैले निरन्तरको संघर्ष र निरन्तर यही प्रयासमा हुन्छु की मेरा फिल्महरु धेरै भन्दा धेरै दर्शहरुसम्म पुर्याउन सकौं । म फिल्मका माध्यमबाट धेरै भन्दा धेरै दर्शकलाई खुशी दिन चाहन्छु तर यी सबै कुरा म आफ्नै तरिकाबाट गर्न चाहन्छु ।
अनुवाद : जुनु भण्डारी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।