मेलम्ची खानेपानीकाे पाइपलाइन बिच्छ्याउन १ अर्ब ९२ करोड रुपैयाँ बजेट

 जेठ १५, २०७९ आइतबार १८:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले मेलम्ची खानेपानी वितरणका लागि पाइपलाइन बिच्छ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिनुभएकाे हाे । दोस्रो चरणको काठमाण्डौ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत चक्रपथबाहिरका थप क्षेत्रहरूमा पाइपलाइन बिच्छ्याउने काम सुरु गर्न एक अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको हाे ।

काठमाण्डौ उपत्यकाका केही ठाउँमा पहिलो चरण अन्तर्गत मेलम्चीको पानी वितरण सुरु भइसकेको छ । यस्तै  मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथानान्तरणको व्यवस्था मिलाइने सरकारले जनाएको छ ।  

याङ्ग्री र लार्के खोलाबाट मेलम्ची खानेपानी  वितरण प्रणालीमा पानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिने पनि आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया