आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको सास्क...
पुस २९, २०८१ सोमबार
मकवानपुर - नेकपा एमालेका सांसदको अवरोधका कारण रोकिएको वाग्मती प्रदेश सभाको बैठक पुनः सुरु भएको छ ।
प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाबाट चालु आर्थिक वर्षमा वितरण हुने अनुदान रकम दिन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सचिवले दिएको दबाबका विषयमा छानबिन समिति गठन गर्ने निर्णय भएपछि प्रदेश सभाको बैठक सुरु भएको हो ।
निर्देशनालयले दिने अनुदान रकम आफ्नालाई दिन मातहतका कर्मचारीलाई धम्की दिएको विषयमा छानबिनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध भएकाे थियाे ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेमार्फत स्वकीय सचिव, मन्त्री र सचिव समेतले कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डमा सुनेपछि त्यसको छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध पारेकाे थियाे । एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित भए पनि दुई घण्टापछि मात्रै बैठक सुरु भएकाे हाे ।
सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाले पशुपक्षी तथा मत्स्य विकास केन्द्रका ३ जना कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल काम नगरेकाले सरुवा गरेको भन्दै विरोध जनाउनु भएकाे थियाे।
उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउन्जेल संसदमा अवरोध कायम राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटको लागि स्थगित गर्नुभएको हो ।
एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा पशु स्रोत केन्द्र निर्माणका लागि भनेर १ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएकोमा बङ्गुरको श्रोत केन्द्रका लागि धादिङको नमुना बङ्गुर फार्मलाई नै कार्यविधि विपरीत दिनका लागि मुख्यमन्त्री पाण्डे, पाण्डेका स्वकीय सचिव, कृषि मन्त्री र सचिवले निरन्तर दबाब दिएको खबर सार्वजनिक भएको थियो ।
मुख्यमन्त्री, मन्त्री र सचिवले भनेजस्तो नगरेपछि तीन जना कर्मचारीलाई कारबाहीस्वरुप सरुवा गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।