विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

 असार २, २०७९ बिहीबार १८:२७:५४ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सार्नुभएकाे छ । 

अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रुसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनर्संरचना गर्ने आर्थिक, कुटनीतिक, सैन्य र प्राविधिक क्षमता भएको एक मात्र देश चीन भएको बताउनुभएकाे हङकङ पोस्टले जनाएको छ । 

चीन विश्व अर्थतन्त्र र जलवायु परिवर्तनदेखि कोभिडसम्मका समस्याहरूलाई सम्बोधन गर्ने क्षमताका लागि पनि महत्त्वपूर्ण भएको उल्लेख गर्दै हङकङ पोस्टले चीनको समस्यासँग जुध्न बाइडेनको दृष्टिकोण अपर्याप्त भएको टिप्पणी गरेको छ । 

अमेरिकी विदेश मन्त्रीले गएकाे हप्ता अमेरिकाको नेतृत्वमा रहेको इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रस्परिटीको सुरुवात भएको बताउनुभएकाे थियाे । उहाँको यही भनाइलाई लिएर हङकङ पाेस्टले हिन्द–प्रशान्त क्षेत्रमा परम्परागत सुरक्षा सहयोगभन्दा आर्थिक सहयोगलाई समर्थन गर्ने र चीनलाई आफ्नो प्रमुख व्यापारिक साझेदार मान्ने भएकाले यस ढाँचामा स्वतन्त्र व्यापार सम्झौता समावेश हुनुपर्नेमा जोड दिएको छ । 

यसैबीच अमेरिकी सांसदहरूको द्विपक्षीय समूहले सरकारलाई चीनमा अर्बाैँ लगानी कटौती गर्न अनुमति दिने घोषणा गरेको छ । देशको राष्ट्रिय एवम् आर्थिक सुरक्षाका निम्ति लगानी कटौती गर्नेसम्बन्धी सम्झौतालाई अनुमति दिने निर्णय भएको जनाइएको छ । स्वदेशी उद्योगका सरोकार सम्बोधन गर्न सांसदहरूले यस्ताे निर्णय गरेका बताइएको छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया