१९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – बैंकिङ कसुर मुद्दामा फरार उपेन्द्र घिमिरेलाई प्रहरी वृत जगाती भक्तपुरले पक्राउ गरेको छ । खोटाङको हलेसी नगरपालिका वडा नम्बर–६ घर भई अहिले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–५ कटुञ्जे बस्दै आएका ३५ वर्षका घिमिरे पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनी विभिन्न १० जना व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी दुई करोड बत्तिस लाख चालिस हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए । पक्राउ परेका घिमिरेमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।