नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई ‘इस्कान्डर–एम’ नामक पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने घोषणा गर्नुभएको हो । यो प्रणालीले परम्परागत र पारमाणविक दुवै प्रकारका ब्यालेस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता राख्छ ।
जसको मार हान्न सक्ने क्षमता ५ सय किलोमिटर टाढासम्म छ । अबको केही महिनामा बेलारुसलाई इस्कान्डर–एम नामको रणनीतिक क्षेप्यास्त्र प्रणाली हस्तान्तरण गर्ने तर यसबारेका आवश्यक सम्पूर्ण प्रक्रिया दुवै देशको रक्षा मन्त्रालयले हेर्ने पुटिनको भनाइ छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि नै रुस र पश्चिमा देशहरूबीच तनाव छ । बेलारुसले रुसलाई युक्रेनसँगको युद्धमा सहयोग पुर्याएको छ । रुसले यूक्रेनको सेभेरोडोनेट्स्कलाई पनि पूर्ण रूपमा कब्जा गरेको दाबी गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका आफ्ना सबै सहरहरू फिर्ता लिने दाबी समेत गर्नुभएको छ । तर अझै कति हानी नोक्सानी हुन्छ भन्ने यकिन नभएको उहाँको भनाइ छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।