नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
सात शक्ति देशहरूको समूह जी–सेभेनले रुसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेको छ ।
जी–सेभेन बैठकले रूसलाई विना सर्त यूक्रेनी ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी तत्काल अन्त्य गर्न पुनः आह्वान गरेको हो ।
त्यसैगरी मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाशलगायत युक्रेनमा कृषि वस्तुहरू र उपकरण माथिको रूसी नियन्त्रण एवम् युक्रेनी खाद्य उत्पादन र निर्यातलाई थप अवरोध गर्ने अन्य सबै प्रकारका गतिविधिको जी–सेभेनले विरोध गरेको छ ।
त्यस्तै जी–सेभेन देशका नेताहरूले रुसद्वारा उद्पादित कृषि उत्पादनको आयात र मानवीय सहायता वितरणमा भने कुनै प्रतिबन्धहरू लागू नगर्ने घोषणा गरेका समाचार संस्था एएनआईले जनाएको छ ।
रुस–युक्रेन युद्धले अहिले आपूर्ति व्यवस्था तथा अरु क्षेत्र समेत अस्तव्यस्त बनेको छ । जी–सेभेनले सबैभन्दा कमजोर मानिसलाई कुपोषणबाट जोगाउन ४५ बिलियन अमेरिकी डलर सहयोग प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।