१९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – नाबालिग विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने काठमाण्डौ बौद्धको सर्वनाम शिक्षालयका छात्रवास सञ्चालक रामजी बस्नेतलाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि जेल पठाएको हो ।
बस्नेतले स्कुलको छात्रावासमा बस्ने ११, १२ र १४ वर्षका बालिकालाई ५/६ महिना अघिदेखि विभिन्न मिति र समयमा छाती तथा संवेदनशील अङ्गमा छुने, अङ्गालो मार्ने शरीरका अन्य भागमा मुसार्ने, सुम्सुमाउने जस्ता काम गरी बाल यौन दुर्व्यवहार गरेकाले भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दरखास्त परेको थियो ।
प्रहरीले गएको जेठ २१ गते बस्नेतलाई रामेछापबाट पक्राउ गरेर काठमाण्डौ ल्याइ अनुसन्धान गरेको थियो । सरकारी वकिलको कार्यालयबाट काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस, पैरवीपछि आज अदालतको आदेशले बस्नेतलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।