महाराष्ट्रकाे मुख्यमन्त्रीमा एकनाथ शिन्दे

 असार १६, २०७९ बिहीबार २०:३९:३४ | एजेन्सी
unn.prixa.net

भारतकाे महाराष्ट्रकाे मुख्यमन्त्रीमा शिवसेना विद्राेही समूहका नेता एकनाथ शिन्देले शपथ लिनुभएकाे छ । 

यसका साथै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदकाे शपथ लिनुभएकाे छ । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताउनुभएकाे थियाे । तर अन्तिममा उहाँले राजभवनमा पुगेर शपथ लिनुभएकाे हाे । 

यसैबीच फडणवीसले आफ्नाे ट्विटर ह्यान्डलमा प्रामाणिक कार्यकर्ताकाे नाताले पार्टीकाे आदेश पालना गरेकाे लेख्नुभएकाे छ । 

महाराष्ट्रमा राजनीतिक सङ्कटका बीच हिजाे बुधवार राति उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे ।  

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया