दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
प्युठान – स्वर्गद्वारी नगरपालिका बर्जिवाङको निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि अन्तिम वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
झण्डै ६०.७९ हेक्टर क्षेत्रफल ओगटेको विमानस्थल निर्माणका लागि कुल ७७ करोड रुपैयाँ लाग्ने योजना सार्वजनिक गरिएको हो । नेपाल नागरिक उड्यन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मुल्यांकन गरी यसबारे सरोकारवालासहित स्थानीयवासीलाई जानकारी गराएको हो ।
विमानस्थल निर्माणले बर्जिवाङ चाल्नेटारका १२ र माथिल्लो दमारका २ गरी १४ घरधुरीमा प्रभाव पर्ने प्रतिवेदनमा प्रतिवेदनमा उल्लेख गरिएको छ । यहाँका १३ घरधुरीका १ सय ७ जना स्थानीयबासिन्दा प्रत्यक्ष विस्थापित हुनुपर्ने मुल्यांकनमा प्रतिवेदनमा उल्लेख छ ।
आयोजना निर्माणको क्रममा वातावरण प्रभाव मुल्यांकन टोलीका प्रमुख डा. महेन्द्रनाथ सुवेदीले ५५.१८ हेक्टर वन अधिग्रहण गर्दा १८ प्रजातिका ६ हजार २ सय ५६ विरुवाहरु नोक्सान हुने बताउनुभयो । यस्तै ०.४ हेक्टर आवासलगायतका अन्य संरचनाहरुमा स्थायी रुपले असर पुग्ने उहाँले जानकारी दिनुभयो ।
लामो समयदेखि चर्चामा रहेको विमानस्थल निर्माणका लागि वातावरणीय मुल्यांकन प्रभाव प्रतिवेदन सार्वजनिक भएसँगै आयोजना स्थलका प्रभावितबासिन्दाले उचित क्षतिपूर्ति बिना आफूहरु बस्दै आएको घरवाससहितको जन्मथलो नछोड्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिवेदनमा अधिग्रहण गरिने निजी जमिनको प्रति रोपनी ३ लाखका दरले क्षतिपूर्ति दिइने प्रस्ताव गरे पनि त्यो रकम आफूहरुका लागि उचित नभएको स्थानीयको गुनासो छ । जमिन र भौतिक संरचनाको उचित क्षतिपूर्ति र रोजगारीको सुनिश्चितता भएमा मात्रै आफूहरु बसोवास गर्दै आएको गाउँ छोड्न तयार रहेको स्थानीय भोजराज खड्काले बताउनुभयो ।
प्रतिरोपनी ३ लाखका दरले क्षतिपूर्तिका लागि २ करोड ७७ लाख ५ हजार ६ सय २५ रुपैयाँ छुट्याइएको छ । त्यसैगरी पुनर्वास र पुर्नस्थापनाका लागि ३ करोड ३९ लाख ८१ हजार १ सय १० रुपैयाँ लाग्ने जनाइएको छ ।
साथै प्रतिवेदनमा अहिले भइरहेको क्षति हुन जाने अन्नबालीको ६७ हजार ६ सय ७७ गरी कुल ६ करोड १७ लाख ६२ हजार ४ सय १२ खर्च हुने प्रतिवेदनमा उल्लेख छ । आयोजनाको कुल लागत ७७ करोड मध्ये वातावरणीय प्रभाव न्यूनिकरण, अनुगमनलगायतका २०.६२ प्रतिशतबाट हुन आउने रकमबाट झण्डै १५ करोड ८८ लाख १७ हजार ८ सय २९ रुपैयाँ प्रस्ताव गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।