च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
भक्तपुर – ओरेण्टल सहकारी संस्था लगायत विभिन्न कम्पनीका नाममा एक अर्ब ६० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका सहकारीकर्मी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।
सहकारीको निक्षेप ठगी आरोपमा २०७३ पुस १३ गते ललितपुरको धापासीमा रहेको एक घरबाट पक्राउ परेका बस्नेत डिल्ली बजार सदरखोरमा सजाय भोगिरहेका थिए ।यसअघि काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवाना र त्यस्तै प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । यस्तै भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र ८४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
भक्तपुर जिल्ला अदालतका न्यायाधिश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्धामा ७ लाख, गंगालाल खयरगोलीको जोहीको मुद्धामा ५ लाख र न्यायाधिस मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्धामा ५० हजार रुपैयाँ माग गरिएको थियो ।
बस्नेतले धरौटी रकम बुझाएपछि तारेकमा रिहा भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । बस्नेतको भक्तपुर जिल्ला अदालत, काठमाडौ, स्याङ्जा र उच्च अदालत पाटनमा दर्जनभन्दा बढी मुद्धा रहेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।