च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडाैं - उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्कनु भएको छ ।
त्यस अवसरमा उपराष्ट्रपति पुनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
उहाँको स्वागतमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखहरु पनि विमानस्थल पुग्नु भएको थियो ।
उपराष्ट्रपति पुन चीनको सिचुवान प्रान्तको छेङ्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तराष्ट्रिय मेला’ मा सहभागी हुन चीन जानु भएको थियो ।
त्यस क्रममा उहाँले ‘वान बेल्ट, वान रोड’ सम्बन्धी कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । उपराष्ट्रपति पुनले चीन बसाईको क्रममा सिचुवानमा सञ्चालित विभिन्न विकास परियोजनाकाे अवलोकन भ्रमणसमेत गर्नुभएको थियो ।
उहाँले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्तका नेतृत्व र सरकारी अधिकारीहरुसँग पनि शिष्टाचार भेट गर्नु भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।