नागरिकता ऐन सम्बन्धी विधेयकमा झलनाथ खनालले जनाए असन्तुष्टि

 असोज ८, २०७५ सोमबार १४:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता  ऐनसम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउनु भएको छ । 

वरिष्ठ नेता खनालले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाउनु भएको हो । संघीय संसदमा विचाराधीन त्यो विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकार र संसदलाई खबरदारी गर्न पनि उहाँले नागरिक समाजका अगुवाहरुलाई आग्रह गर्नुभयो ।

सोमबार नागरिक ऐनसम्बन्धी विधेयकका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय हितलाई प्रवद्र्धन गर्न पनि संघीय संसद र सरकारले त्यो विधेयकलाई सच्याउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता खनालले नागरिकता दिने कामलाई सरकारले सचेत ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता  औंल्याउनुभयो । उहाँले नागरिकता वितरणसम्बन्धी अहिलेको विवादलाई समाधान गर्न राष्ट्रिय बहसकै आवश्यकतामा पनि जोड दिनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया