आउँदाे चुनावमा पार्टीकाे सिट बढ्छ : अध्यक्ष नेपाल

 साउन ४, २०७९ बुधबार १५:५६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे प्रदेश र सङ्घकाे चुनावमा आफ्नाे पार्टीकाे सिट बढ्ने दाबी गर्नुभएकाे छ । आज बुधवार काठमाण्डाैमा पार्टीकाे स्कुल विभागले आयोजना गरेको पालिकाका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

अध्यक्ष नेपालले आउँदाे प्रदेश र सङ्घको चुनावमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक रहेको बताउनुभयो । प्रत्यक्ष चुनावमा आफ्नो पार्टीको सिट बढ्ने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयाे, ‘गठबन्धनको गीत हामीले बढी गायाैँ । गठबन्धनको भरोसा धेरै गर्‍याैँ । अरूकाे भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनाैँ । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो । समानुपातिकमा २०/२५ लाख मत प्राप्त गर्‍याैँ भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष चुनावमा हाम्रो क्षमता बढ्छ ।’ 

कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा फुटाएको आराेप लगाउनुभयाे । एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकताबद्ध गर्न नसकेको उहाँकाे भनाइ छ । उहाँले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताउनुभयो । अध्यक्ष नेपालले ओलीले अहमता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया