करेन्ट लागेर देउखुरीमा दम्पतीकाे ज्यान गयाे

 साउन १६, २०७९ सोमबार २०:२८:२७ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको देउखुरीमा करेन्ट लागेर दम्पतीकाे ज्यान गएको छ ।

सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उहाँकी २५ वर्षीया श्रीमती हिमाकाे करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीकाे तार छुँदा करेन्ट लागेको थियो । त्यसपछि करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् वासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर आफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया