पहिरोमा फसेका सबै गाडी पार हुन नपाउँदै फेरि पहिरो, लेन अनुशासन पालना गर्न आग्रह

 साउन १८, २०७९ बुधबार ८:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

गएराति मुग्लिन–नारायणगढको पहिरो पन्छाएको बेला पानी बगिरहेको सडकमा चल्दै गरेका गाडी ।

काठमाण्डाै – सोमबार राति ११ बजेतिर पहिरोले बन्द भएको मुग्लिन–नारायणगढ सडक मंगलबार राति साढे १० बजेतिर खुल्यो । झण्डै २४ घण्टासम्म रोकिएका सबै गाडी पार हुन नपाउँदै फेरि त्यही ठाउँमा पहिरो खस्यो र अहिले फेरि सडक अवरुद्ध भएको छ ।

पहिराेले फेरि बन्द भएपछि डाेजर लगाएर पहिराे पन्छाइँदै

भरतपुर महानगरपालिका २९ मा पर्ने मौरीपुल केराबारीमा पहाडको ढिस्को नै खसेकाले पहिरो पन्छाउन समस्या भएको छ । ‘सोमबार राति बल्लबल्ल सडक खुलाएका थियौं, चारघण्टामै उसैगरी अर्को पहिरो खस्दा सडक अवरुद्ध भयो’ डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

गएराति चार घण्टा सडक खुल्दा अघिल्लो रातिदेखि रोकिएका सबै गाडी पार हुन पाएनन् । सडक खुलेको बेला धेरै गाडी पार भए, तर सबै पार हुन पाएनन्’ इञ्जिनियर कार्कीले भन्नुभयो, ‘पहिरो खुलेलगत्तै सबै गाडी लेन अनुशासनको वास्तै नगरी तँछाडमछाड गरी चल्दा जाम हुने गरेको छ । पहिरोको जामले भन्दा पनि गाडीको जामले सबै गाडी पार हुन पाएनन् ।’

सडक खुलेपछि लेन अनुशासन पालना गरेर मात्रै गाडी चलाउन उहाँले आग्रह गर्नुभएको छ । ‘फेरि खसेको पहिरो पन्छाउने काम भैरहेको छ, केही घण्टामै सडक खुल्न सक्छ । सडक खुलेको बेला सबै गाडीले लेन अनुशासन पालना गरेमा समस्या हुँदैन’ उहाँले भन्नुभयो । 

काठमाण्डौ उपत्यकालाई देशका मुख्य ठाउँसँग जोड्ने मुग्लिन–नारायणगढ सडक खण्डमा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुँदा गाडी चालक, सहचालक र यात्रुको बिचल्ली हुने गरेको छ । 

 

तस्बिर साभार : सडक डिभिजन कार्यालय, भरतपुरका इन्जिनियर सागर कार्कीकाे फेसबुकबाट

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया