चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – जापान सरकारले स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपालबाट श्रमिकहरू लैजान सक्ने विषयमा त्यहाँका रोजगारदातालाई जानकारी गराउने भएको छ ।
नेपाल जापान संयुक्त कार्यसमितिको बिहीबार काठमाण्डौमा बसेको दोस्रो बैठकमा जापान सरकारले एसएसडब्लू प्रणाली अन्तरगत नेपालबाट कामदारहरू उपलब्ध हुन सक्ने कुराको जानकारी औपचारिक माध्यमबाट जापानका रोजगारदातालाई गराउने बताएको हो ।
सन् २०१९ मा सम्पन्न भएको श्रम समझदारी पत्र अनुसार जापानको स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपाली नागरिकलाई जापानमा रोजगारी दिने विषयमा संयुक्त कार्य समितिको बैठक काठमाण्डौमा बसेको हो ।
बैठकमा जापानको स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन सरकारले कार्यविधि बनाउने विषयमा पनि छलफल भएको छ ।
यसका साथै बैठकमा नेपाल जापान श्रम समझदारी पत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नु पर्ने भएमा त्यसको तयारी गर्ने, नेपालमा जापनिज भाषा र सीप परीक्षामा उत्तीर्ण भएर तयारी अवस्थामा रहेकाहरूलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने विषयमा पनि नेपाल र जापानबीच छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
बैठक श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा नेपालकोतर्फबाट परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सहभागी हुनुभएको थियो ।
जापानकोतर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्य प्रतिनिधिले भौतिक रूपमा र जापानका सम्बद्ध निकायमा अन्य प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका थिए । नेपाल जापान संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना हुने मन्त्रालयले जनाएको छ ।
संयुक्त कार्यसमितिको बैठकपछि जापानका सहायक उपमन्त्री चोतुमो नाकागावाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग भेट गर्नुभएको छ । श्रम मन्त्रालयमा भएको भेटमा भाषा परीक्षा पास भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ ।
मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरू जापान जानको लागि तयारी अवस्थामा रहेको जानकारी गराउनु भएको छ । उहाँले उपमन्त्री चोतुमोलाई नेपाली श्रमिकलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्नसमेत अनुरोध गर्नु भएको छ ।
भेटमा उपमन्त्री चोतुमोले आजको बैठक नेपाली श्रमिक जापान लैजानका लागि सकारात्मक भएको बताउनुभएको छ । उहाँले अहिले जापानमा कामदारको माग धेरै भएकाले एसएसडब्लूमार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौतामा ढिलाइ भएकाले यो सम्झौता छिटो होस् भन्ने आफूले चाहेको बताउनुभयो ।
चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने समेत उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Yam bahadur baniya
Aug. 4, 2022, 6:36 p.m.ठ्याक्कै हो, म पनि अब जापानी भाषा पढ्नुपर्यो /