नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्ड १६ रनले विजयी भएको हो ।
जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर ३ बलमा १ सय ३२ रनमा अलआउट भयो । उसका बास डे लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
न्युजिल्यान्डका ब्लेयर मार्शल टिकनरले ४ तथा बेन्जामिन भिन्सेन्ट सियर्सले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । उसका मार्टिन गुप्टीलले सर्वाधिक ४५ रन जोडे ।
नेदरल्यान्डका लोगान वर्जुस र सरिज अहमदले २/२ विकेट लिए । नेदरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । दोस्रो तथा निर्णायक खेल आज हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।