आयरल्यान्डसँगको टी–२० शृङ्खलामा दक्षिण अफ्रिकाकाे 'क्लिन स्वीप'

 साउन २१, २०७९ शनिबार ९:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आयरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खलामा दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको छ ।

इङ्ल्यान्डको ब्रेस्टोलमा गएराति भएको दोस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका ४४ रनले विजयी भयो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । उसका ह्यारी टेक्टरले ३४ तथा ब्यारी म्याक्कार्थीले ३२ रन जोडे ।

दक्षिण अफ्रिका वायन पार्नेलले ५ तथा डेनियल प्रिरियसले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसका रिजा हेन्ड्रिक्सले ४२ तथा हिनरिच केल्सनले ३९ रन बनाए ।

आयरल्यान्डका गरिथ डिलेनले २ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका २१ रनले विजयी भएको थियो ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया