दाङको नेपाल–भारत सीमा स्तम्भहरु जीर्ण

 साउन २१, २०७९ शनिबार २०:५५:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल–भारत सीमा छुट्याउन राखिएका दाङको सीमा स्तम्भहरू जीर्ण बन्दै गएका छन् ।

दाङ क्षेत्रमा पर्ने ७७ वटा सीमा स्तम्भ मध्ये १६ वटा मर्मत गर्नुपर्ने अवस्थाका छन भने एउटा सीमा स्तम्भ खोलाले बगाएको वर्षौँ बित्दासमेत निर्माण भएको छैन । 

सीमा क्षेत्र अन्तर्गत खबरी नाकाको नजिकै रहेको ६०२/४८ नम्बर स्तम्भ ६ वर्षअघि खबरी खोलामा आएको बाढीले बगाएको हो । जीर्ण स्तम्भमा लेखिएको नम्बर समेत मेटिएको छ । दाङको पूर्वी अर्ना नाकादेखि पश्चिम भौवा नाकासम्मका केही स्तम्भ ढलेका छन भने कुनै मर्मत नहुँदा जीर्ण छन् ।

सीमा स्तम्भमध्ये जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरको स्तम्भ नेपाल पक्षले मर्मत गर्नुपर्ने प्रावधान भए पनि दुवै पक्षबाट सीमा स्तम्भ मर्मत गर्नेतर्फ महत्त्व नदिइएकाे  राजपुर गाउँपालिका वडा नम्बर ७, भैंसाही नाका निवासी पूर्णबहादुर रोकाले बताउनु भयाे । स्थानीय सरकार र प्रशासनलाई सीमा स्तम्भ मर्मत गर्न अनुरोध गरे पनि बेवास्ता गरेकाे उहाँको भनाइ छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया