निर्वाचन प्रणाली महँगाे छ, महिला मात्रै हाेइन पुरुष पनि प्रत्यक्षमा लड्न डराइरहेका छन् : सांसद पहाडी

 साउन २४, २०७९ मंगलबार १६:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महँगो रहेको बताउनुभएको हो । 

सांसद पहाडीले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरू पनि प्रत्यक्षतर्फ लड्न डराइरहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणाली महँगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको बताउनुभयो । सांसद पहाडीले अहिले सांसदहरूमा प्रत्यक्षभन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गर्नुभयो । उहाँले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जान सकेमात्रै प्रत्यक्षतर्फ प्रतिस्पर्धामा आउन महिला–पुरुष सबै अग्रसर हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो निर्वाचन महँगो छ, भड्किलो छ । महिला मात्रै होइन, पुरुष पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ । किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन । त्यस कारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नका लागि प्रतिस्पर्धा र होडबाजी छ ।’ 

सांसद पहाडीले यो निर्वाचन प्रणालीले कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहित गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया