५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदान वितरण
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सबै उम्मेदवारलाई समान स्थान दिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारलाई निर्वाचनको सिद्धान्त विपरीत फरक–फरक हैसियत हुने गरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदाे चुनावमा त्यस्तो विभेद नगरि समाचार प्रसारण/प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको हाे ।
पालिका चुनाव २०७९ को प्रगति समीक्षा गर्नका लागि आज मङ्गलवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफैसँग साझेदारी गरिरहेको सञ्चारमाध्यमसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराउनुभयो । उहाँले पालिका चुनावमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा नहुने पनि स्पष्ट पार्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘सबै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढङ्गले, सबैलाई समान व्यवहार गर्ने ढङ्गले समाचार, सूचना सम्प्रेषण गरिदिनु पर्याे । तपाईँहरूले कसलाई कसरी सर्पोट गर्नुभएको छ, त्यो हामी पनि बुझ्दछौँ । हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुने गरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसाबले सहयोग गरिदिनु पर्याे । तपाईँहरूलाई स्पष्टीकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी सूचना प्रसारण/प्रकाशन गर्दा पनि सञ्चारमाध्यमले सबै राजनीतिक दल र तिनका उम्मेदवारलाई समान हैसियतअनुसारको व्यवहार गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव आउँदाे मङ्सिर ४ गते आइतवार हुने तय भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।