पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती 'सुपर–फोर' मा
माघ ८, २०८१ मंगलबार
काठमाडाैं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष दाहालले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण देशमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले पूरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध बढ्दै गईरहेको पनि स्मरण गराउनु भयो ।
अध्यक्ष दाहालले राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । उहाँले नाफाको सुनिश्चितताकाे लागि राज्यले व्यवस्था गर्न सकेमात्रै मुलुकको समृद्धिको यात्रामा व्यवसायीहरुले सक्दो पहल गर्नसक्ने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले सरकारले व्यवसायीहरुलाई कर असुल्ने माध्यमको रुपमा मात्रै लिन नहुने पनि बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।