५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदान वितरण
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको आज बुधवारको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आर्थिक वर्षकाे बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताउनुभयो ।
पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप पनि लगाउनुभयो । सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उहाँले बीमा कार्यक्रमलाई सरकारले रद्द गर्न लागेको बताउनुभयाे ।
बैठकमा एमालेकै सांसद महेश बस्नेतले मङ्गलवार रातिको अविरल वर्षाका कारण आएको बाढीले काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।
यस्तै उहाँले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।