विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली कमजोर भएकाले आज ठूलो पानी पर्ने सम्भावना छैन । अहिले देशका धेरै ठाउँमा पारिलो घाम लागेको छ ।
आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
भोलिदेखि भने फेरि मनसुनी गतिविधि बिस्तारै सक्रिय हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि दिउँसो प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
यस्तै, भोलि राति गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । यस्तै, पर्सि बिहीवार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।