इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदै
मंसिर ८, २०८१ शनिबार
काठमाडाैं - यही शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हो ‘इन्टु मिन्टु लण्डनमा’ ।
चलचित्रले राम्रो प्रदर्शन गरिरहेको छ । राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले मंगलबार १० शो दिँदा बुधबारका लागि १५ शो बाँडेको निर्देशक रेनशा बान्तवा राईको भनाइ छ ।
यस अर्थमा चलचित्रले मल्टिप्लेक्समा दर्शकको साथ राम्रो पाइरहेको मान्न सकिन्छ । सिंगल स्क्रीनमा भने आइतबारबाट दर्शकको उपस्थिति औसत रहेको निर्देशक राइको भनाई छ ।
बजारमा हालसम्मको कलेक्सन ४ करोड भएको भनेर समाचार आइरहेको भए पनि त्यो झुट भएको निर्देशक राइले बताइन् । हालसम्मको व्यापारलाई हेर्दा करिब ३ करोड पुग्न लागेको उनको भनाइ छ । नेपालको प्रदर्शनबाट कम्तिमा लगानी सुरक्षित गर्ने निर्माण टिमको विश्वास छ ।
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले अभिनेता धिरज मगरलाई डेब्यु चलचित्रले नै स्टार बनाएको छ । यता साम्राज्ञी राज्यलक्ष्मी शाहले फेरि एक पटक आफ्नो स्टारडम प्रमाणित गरेकी छन् ।
यता अभिनेता सारुक ताम्राकारका नाउँमा पनि एउटा सफल चलचित्र थपिएको छ । उनले यसअघि ‘रानी’ र ‘मेरो मामु’ चलचित्रमा अभिनय गरेको भए पनि दर्शकमाझ चिनिसकेका थिएनन् ।
अभिनेता सारुक ताम्राकारका लागि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्र करियरकै ’टर्निङ पोइन्ट’ बनेको छ भन्दा फरक नपर्ला । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले स्वदेशमै आशा गरे अनुसारको व्यापार गरिरहेको छ ।
यसैबीच चलचित्र युनिटले विदेशमा प्रदर्शनको थालनी गर्ने तयारीमा लागेको छ । निर्देशक राईले जानकारी दिए अनुसार करिब १० देखि १२ वटा देशमा चलचित्र प्रदर्शन गर्न लागिएको छ । केही देशहरुमा भने चलचित्रको प्रदर्शन मिति पनि तय भइसकेको छ ।
सुरुवातमा लण्डनबाट विदेश प्रदर्शन गर्ने तयारी भएको थियो तर केहि प्रfविधिक कुरा नमिलेपछि लण्डन प्रदर्शनको मिति केही धकेलिएको छ । लण्डन प्रदर्शन पछि धकेलिएपछि अष्ट्रेलिया प्रदर्शन अघि सारिएको छ ।
अक्टूबर ११, १२ र १३ तारिखमा चलचित्र अष्ट्रेलियामा प्रदर्शन हुने बुझिएको छ । यस्तै, अक्टाेबर २१ मा कोरिया, अक्टाेबर २९, ३० र ३१ मा लण्डन, नोभेम्बर ३ मा पोल्याण्ड, नोभेम्बर ९ मा हङकङ र नोभेम्बर १५ मा डेनमार्कमा चलचित्र प्रदर्शन हुने पक्का भइसकेको निर्देशक राइले बताइन् ।
अमेरिका, सिंगापुर, जापानलगायतका अन्य केही देशहरुमासमेत चलचित्र प्रर्शनका निम्ति कुरा भइरहेको निर्देशक राईको भनाइ छ ।
चलचित्र प्रदर्शनअघि निर्देशक राई र नायिका सम्राज्ञीबीच सम्बन्ध चिसिएको खबर बाहिरिएको भए पनि त्यो सत्य नभएको निर्देशक रार्इको भनाइ छ।
‘साम्राज्ञीले अाफूले गर्नुपर्ने कर्तव्य गरेकी छन् । उनको कामबाट म खुशी नै छु’, रार्इले भनिन् ।
स्कृप्टले माग गरे आफूले निर्माण गर्ने अर्को चलचित्रमा पनि साम्राज्ञी नायिका रहन सक्ने बताइन् ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।