कांग्रेस नेता गिरिकाे अन्त्येष्टि

 भदौ ५, २०७९ आइतबार १७:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरीर पशुपतिनाथमा रहेकाे आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवम् श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यस अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व. गिरिप्रति सलामी अर्पण गर्‍याे । स्व. गिरीलाई उहाँका छोरा सन्तोषले दागबत्ती दिनुभयो ।

गिरिको अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व. गिरिका श्रीमती र एक छोरा हुनुहुन्छ ।

ललितपुरमा रहेकाे मेडिसिटी अस्पतालमा उपचारार्थ रहनुभएका सांसद गिरिको हिजाे शनिवार राति निधन भएको हो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया