गुल्मी क्षेत्र नम्बर २ मा एमालेकाे विरासत ताेडेर देखाउँछु : रामकुमारी झाँक्री

 भदौ ५, २०७९ आइतबार १८:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले लख्नुभएको छ, ‘गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।’

गुल्मी क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । विष्ट यसअघि चार पटकसम्म गुल्मी–२ बाटै उम्मेदवार बनेकोमा २०६४ सालबाहेक तीन पटक विजयी हुनुभएको छ । 

गएको वैशाखमा सम्पन्न पालिका चुनावमा भने गुल्मी–२ मा नेकपा एमाले कमजोर देखिएको छ । गोकर्ण विष्टकै पालिका इस्मा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यस्तै झाँक्रीको पालिका मदाने गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कमल शर्मा

    Aug. 21, 2022, 11:17 p.m.

    जमानत जोगाए काफी छ बढी फूर्ति किन लगाउन पर्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया