५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदान वितरण
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर ठग्नेहरूलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले मिटरब्याजमा जनतासँग पैसा ठग्नेहरूलाई स्थानीय अनुसन्धान, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटरब्याजीलाई कानुनी कारबाहीको दायराभित्र ल्याउने र उनीहरूले दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गर्नुभयो ।
मिटरब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नका लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयाे । मिटरब्याजबाट ठगिएकाहरूलाई उजुरी दिन आग्रह गर्दै मन्त्री खाणले अहिलेसम्म १९ सय ३७ जना मिटरब्याजी पीडितकाे उजुरी परेकाे बताउनुभयो । प्रदेश १ मा ९२ वटा, मधेस प्रदेशमा एक हजार तीन सय ३०, बाग्मतीमा दुई सय दुई, गण्डकीमा ३५, लुम्बिनीमा दुई सय ११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको उहाँले जानकारी दिनुभयाे ।
गृहमन्त्री खाणले अहिलेसम्म परेका र अब पर्ने उजुरीमाथि मन्त्रालयले तत्काल छानबिन र अनुसन्धान गरेर कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।