शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताउनुभएकाे छ । मङ्गलवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बाेल्दै उहाँले विचार मिलेकै कारण आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको बताउनुभयाे ।
एकता संयोजन समिति बनाउने र चुनावपछि पार्टी एकता हुने सहमति आफूहरूबीच भइसकेको उहाँको भनाइ थियो । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौँ’, उहाँले भन्नुभयाे, ‘परिस्थितिले हामी अलग भएका छौँ तर फरि पनि हामी वामशक्तिहरू एक ठाउँमा आउनुपर्छ । यसमा सबैभन्दा राजनीति मिल्नेहरू भनेको माओवादी र समाजवादी नै हो ।’
उपमहासचिवत पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिनुभयाे । यस्तै उहाँले सत्ता गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर चुनावमा जाने बताउनुभयाे ।
यस्तै देशकाे परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उहाँले स्पष्ट पार्नुभयाे । राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको दाबी गर्दै उहाँले ती विषय पनि आफूहरूको साझा चुनावी एजेन्डा भएको उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।