इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदै
मंसिर ८, २०८१ शनिबार
अभिनेत्री एलिजा गौतमको निर्माण तथा अभिनय रहेको सिनेमा अनुराग यो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । ऋषिराज धमलाको ब्यानरमा निर्माण भएको यहि सिनेमामार्फत उनले डेब्यू गर्दैछिन् ।
एलिजा पहिलो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निकै नै नर्भस भएकी छिन् । उनलाई यो सिनेमा के होला ? कसो होला ? भन्ने डर छ ।
अहिले अनुराग सफल बनाउन प्रचारमा कुनै पनि कसर बाँकि राखिएको छैन । बुधबार मात्रै सिनेमाको माईकिङ गरेर काठमाडौं उपत्यकामा प्रचार गरिएको छ ।
तर यो सिनेमाको कारोबार जे जस्तो भए पनि उनी सिनेमा क्षेत्रमा निरन्तर अघि बढ्ने सोचमा छिन् । यो सिनेमा असफल भए पनि आफूले फेरि अर्को सिनेमा निर्माण गरेर राम्रो गर्ने र दर्शकको मन जित्न प्रयास गर्ने उनी बताउँछिन् ।
उता ऋषि धमला पनि उनको काममा साथ दिएर अघि बढेका छन् । उनले पनि यो सिनेमा असफल भएपनि एलिजाको लागि फेरि अर्को सिनेमा निर्माण गर्ने बताए ।
फर सी नेटवर्ककको एक कार्यक्रममा बोल्दै उनले यो सिनेमा असफल भए पनि आफूले अर्को सिनेमा निर्माण गर्ने बताएका छन् ।
उनले एलिजाको लागि फेरि अर्को सिनेमा बनाउने कुरा गर्दा एलिजाले ऋषिराजको ब्यानर भन्दा बाहिर रहेर काम गर्छिन् कि गर्दिनन् भन्ने प्रश्न गरियो । यस प्रश्नको जवाफमा उनले एलिजाले दीपक राज गिरीको ब्यानरमा काम गर्ने बताएकी छिन् ।
उनले साच्चिकै एलिजाले दीपकराजको सिनेमा खेल्ने योजना भएर बताएका हुन् या यत्तिकै कुराकानीलाई रोचक बनाउन बताएका हुन् त्यो भने समयले नै बताउनेछ ।
तर शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा अनुरागलाई भने हाम्रो शुभकामना छ ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।