पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती 'सुपर–फोर' मा
माघ ८, २०८१ मंगलबार
काठमाडाैं - संघीय संसदको सार्वजनिक लेखा समितिले लेखा परीक्षणमा गम्भीर असहमति जनाउँदै महालेखा परीक्षकको कार्यालयसँग विस्तृत छलफल गर्ने भएको छ ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाउँदै त्यस सम्बन्धमा महालेखा परीक्षक टंकमणि शर्मासँग विस्तृत छलफल गर्ने निर्णय गरेको हो । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमाथि समितिका सदस्यहरुले गम्भीर प्रश्न उठाएपछि महालेखा परीक्षक शर्मासँग शुक्रबार छलफल गर्ने निर्णय गरिएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिनुभयो ।
कतिपय सरकारी संस्थाहरुले लेखा परीक्षणसमेत नगरेको पाइएपछि समितिले त्यस सम्बन्धमा महालेखा परीक्षक शर्मासँग आवश्यक छलफल गर्ने निर्णय गरेको हो ।
बैठकमा समितिका सदस्य हृदयश त्रिपाठीले विश्वविद्यालय अन्तरगतका कतिपय निकायमा लेखा परीक्षण नगरेको पाइएको उल्लेख गर्दै त्यस सम्बन्धमा महालेखा परीक्षकको कार्यालयको धारणा माग गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।
उहाँले कतिपय सरकारी संस्थाहरुलेसमेत लेखा परीक्षण गर्न नचाहेको पनि महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमै उल्लेख गरिएको भन्दै आपत्ति जनाउनु भयो ।
समितिका अर्का सदस्य धर्माशीला चापागाईंले दुईवटा वाईडबडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको आशंका गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र मातहतका सबै निकायलाई छानबिन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
त्यसैगरी अर्का सदस्य विशाल भट्टराईले सरकारी निकायमा हुने गरेको भ्रष्टाचारसम्बन्धी विषयलाई छानबिन गर्न विभिन्न उपसमिति बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
समितिले मुख्य सचिव, सबै मन्त्रालयका सचिवहरुसँग आवश्यक छलफल गरी बेरुजु हुन नदिन प्रभावकारी कदम चाल्ने निर्णय पनि गरेको छ । समितिका सभापति शाहले आर्थिक अनियमितता हुन नदिने गरी समितिको कामलाई अघि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।