रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयाे
पुस २८, २०८१ आइतबार
चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा नभएको दाबी गर्नुभएकाे छ ।
आज बुधवार चितवनको माडीमा पुगेर हुलाकी सडक अन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेको र केपी ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताउनुभयाे । ‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो’, उहाँले भन्नुभयाे, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ । त्यो सपना चकनाचुर भयो ।’
उहाँले माडीमा आएर केपी ओलीले मणि बनाउँछु भने पनि विकासका काममा अवरोध सिर्जना गरिरहेको दाबीसमेत गर्नुभयाे । सोचेजस्तो रूपमा माडीको विकास नभए पनि विकासले गति लिएको अध्यक्ष प्रचण्डकाे भनाइ थियाे । शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा माडीले फड्को मारेको उहाँले बताउनुभयाे ।
दुई जना मन्त्रीसहित माडी पुग्नुभएका प्रचण्डले एक पटक आफूलाई साथ दिन माडीवासीलाई अनुरोध गर्नुभयाे । ‘माडीवासीले मौका दिनु भयो भने बाँकी रहेका कामलाई आउँदा दिनमा अझ तीव्रताका साथ अलिकति गुणात्मक प्रतिफल आउने गरी गर्ने मेरो सपना मरेको छैन’, उहाँले भन्नुभयाे । ‘म तपाईँहरूसँगै बसेर विकास मोडेल खडा होस् भन्ने चाहन्छु ।’ उहाँले विकासका काममा एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभयाे ।
चुनाव घोषणापछि पहिलो पटक माडी पुग्नुभएका प्रचण्डले झन्डै ३० करोड रुपैयाँमा बन्न लागेका सडक तथा तटबन्धको शिलान्यास गर्नुभएकाे छ । उहाँले रणनीतिक सडक अन्तर्गतको बरुवा बजारदेखि गँगटेसम्मको सडकका शिलान्यास गर्नुभएकाे हाे । १२ किलाेमिटर यो सडक बरुवा बजार हुँदै भैरवपुर, सिद्रेनी, सहिदपुर, गँगटेसम्म पुग्नेछ । याे सडक निर्माण (कालाेपत्रसहित) का लागि १९ करोड ९८ लाख ५१ हजार रुपैयाँमा ठेक्का लागिसकेको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर विजय दराईले जानकारी दिनुभयाे । अबको एक वर्षभित्र काम सक्ने गरी शिवशक्ति शिभम्ले ठेक्का पाएको छ । याे सडकको चौडाइ साढे पाँच मिटर हुनेछ ।
यस्तै हुलाकी सडक अन्तर्गतको बनकट्टामा सडक स्तराेन्नतिका लागि पाँच करोड रुपैयाँ विनियोजन भएको छ । यसकाे पनि प्रचण्डले आज शिलान्यास गर्नुभएकाे छ । कलभर्डसहित नाला बनाउने योजनाका लागि बजेट विनियोजन भएको हो । यसको लम्बाइ चार सय १६ मिटर रहेको छ । प्रचण्डले आजै माडीका ६ वटा खोलामा बन्न लागेको तटबन्धको पनि शिलान्यास गर्नुभएकाे छ । जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत पर्ने योजनाको शिलान्यास उहाँले माडीको टम्टा खोलामा गर्नुभएकाे हाे । माडीमा ६ करोड ५० लाख चार हजार रुपैयाँकाे लगानीमा ६ वटा खोलामा तटबन्ध बन्दै छ । असोजदेखि काम सुरु गर्ने गरी ठेक्का सम्झौता भइसकेको नारायणी नदी व्यवस्थापन आयोजनाका इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिनुभयाे । उहाँका अनुसार माडीका बगई, टम्टा, परुई, मगुई, रिऊ र चितई खोलामा तटबन्ध बन्ने छ ।
यस्तै प्रचण्डले रतनी खोलामा बनेको पुलको उद्घाटनसमेत गर्नुभएकाे छ । ६ करोड ६८ लाख चार हजार रुपैयाँमा असार ३२ गते निर्माण सम्पन्न भएकाे पुलको आज उद्घाटन गरिएको हो । २०७६ भदौ २७ गतेदेखि निर्माण थालिएको पुलको क्षेत्रफल २१ दशवलव २० मिटर रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।