शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकामा बिरुवा रोप्नुभएको छ । धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी हुनुभएको हो ।
दुई हप्ताअघि काठमाण्डौ आएको बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रचण्डलाई भेटेर श्रमदानका लागि निम्तो गर्नुभएको थियो । साम्पाङलाई श्रमदान गर्न आउने वचन दिनुभएका प्रचण्ड आज धरान पुगेर बिरुवा रोप्नुभएको उहाँकाे सचिवालयले जनाएको छ ।
वृक्षरोपण गर्दै प्रचण्डले कम्युनिस्टहरू र खासगरी माओवादीले गर्नुपर्ने काम मेयर साम्पाङले गरिरहेको बताउनुभयो । उहाँले आफूले रोपेको बिरुवा प्रगतिशील गीतकार जेबी टुहुरेप्रति समर्पण गर्ने बताउनुभयो । आज टुहुरेको स्मृति दिवस हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।