स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
माघ ११, २०८१ शुक्रबार
महोत्तरी – नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फ उम्मेदवारी दिएको भन्दै महिला नेत्री ममता महतोमाथि पूर्व मेयर विनोद यादवले हातपातको प्रयास गरेका छन्। विहिबार दिउँसो नेपाली कांग्रेसको बैठक जारी
रहेको समयमा बलवा नगरपालिकाको पूर्व मेयर तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विनोद यादवले आफ्नै पार्टीका जिल्ला कार्य समिति सदस्य ममता महतोलाई पार्टीको बैठक स्थलमै दुर्व्यवहार गरेका हुन् ।
महोत्तरीको लोहारपट्टीमा पर्ने शिवचन्द्र भवनमा क्षेत्र नम्बर २ (क) प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति बैठकमै नेता महतोले प्रदेशसभाको समानुपातिकतर्फ आफ्नो उम्मेदवारी दिनुभएकाे थियाे । त्यसपछि पूर्वमेयर यादवले नेत्री महतोलाई ‘किन उम्मेदवारी दिएको ?’ भन्दै गाली गरेकाे र अपमानजनक शब्द प्रयोग गर्दै पूर्व मेयर यादवले कुट्न आएका पीडित नेत्री महतोकाे भनाइ छ । उहाँका अनुसार विवादपछि बैठक स्थगित भएको थियाे ।
यस्तै २०७४ र २०७९ मा सम्पन्न पालिका तहको चुनावका बेला बलवा नगरपालिकाको उपमेयर पदमा पार्टीले दिएको टिकट पूर्व मेयर यादवको समूहले बाटैबाट खोसेको नेतृ महतोकाे आराेप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ ।