चुनाव हारिएला कि भन्ने डरले बढी सताउँछ : गगन थापा

 भदौ १८, २०७९ शनिबार १३:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ । चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको अनुभूति सुनाउनुभएको हो । 

काठमाण्डाैकाे बूढानीलकण्ठमा रहेकाे भ्याली पब्लिक माध्यमिक विद्यालयले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताउनुभयो । सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन पनि उहाँले विद्यालयलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘एउटा चुनाव जित्यो । त्यसपछि खुसी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ । उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर । जिन्दगी नै यसरी नै जाने हो । तर बालबालिकाहरूलाई जित र हार हुन्छ, सफल र असफल भइन्छ भनेर सिकाउनुपर्दछ ।’

महामन्त्री थापाले जिन्दगीमा सधैँ सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरूलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामा नै पुस्तकालयको विकास गर्ने गरी काठमाण्डाै विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौतासमेत गरिएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया