दुवै अध्यक्ष बाहिर गएको बेला नेता नेपालले बोलाए स्थायी कमिटी बैठक

 असोज १२, २०७५ शुक्रबार १२:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेवास्ता गर्दै महत्वपूर्ण निर्णयहरु गर्न थालेको भन्दै असन्तुष्ट बनेका बरिष्ठ नेता नेपालले स्थायी कमिटीका सदस्यहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

दिउँसो ३ बजेका लागि नयाँ बानेश्वरको एक होटलमा बोलाइएको बैठकमा दुबै अध्यक्षले पार्टीको विधान विपरित निर्णय गर्न थालेको तथा सरकारका काम कारबाही पनि सन्तोषजनक नभएकालेबारे छलफल हुने नेता नेपाल नजिकका एक केन्द्रीय नेताले जानकारी दिएका छन् ।

विधानमा सबै निर्णयहरु सहमतिमा हुने उल्लेख भए पनि पछिल्लो समय प्रदेशमा इन्चार्ज, अध्यक्ष लगायत तोक्दा आफूलाई थाहै नदिइएको र प्रस्ताव मात्र तयार पार्ने जिम्मेवारी रहेको सचिवालयले नै निर्णय गरेको भनिएकाले त्यो विधान विपरित हुने नेता नेपालले बताउँदै आउनुभएको छ ।

दुवै अध्यक्ष नेपाल बाहिर रहे पनि बरिष्ठ नेता रहेको आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिईंदा पनि नेता नेपाल असन्तुष्ट हुनुहुन्छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया