चुनावपछि मेराे ध्यान आर्थिक विकासमा केन्द्रित हुन्छ : अध्यक्ष प्रचण्ड

 भदौ २३, २०७९ बिहीबार १९:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चुनावपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ । 

बिहीवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश विकासका लागि वातावरण तयार भएको उल्लेख गर्दै आउँदाे चुनावपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले आउँदाे प्रदेश र प्रतिनिधि सभाको चुनावपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानुनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौँ । देश विकासको निम्ति वातावरण तयार भएको छ । आउँदाे चुनावपछि फेरि एक पटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानुनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरू र अन्तर्राष्ट्रिय मित्रहरूबीचको सहकार्यलाई नयाँ उचाइमा उठाइनेछ । यसमा परिसङ्घका पदाधिकारीले खेलेको भूमिका धेरै महत्त्वपूर्ण छ ।’ 

अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिइकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताउनुभयो । संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्त्व दिएको उहाँकाे दाबी छ । उहाँले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताउनुभयो । 

अध्यक्ष प्रचण्डले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर बन्दै गएको उल्लेख गर्दै सहकार्यमा निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया