प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् ।
दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गाेलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको बिदाइ गरेको छ ।
झन्डै १६ हजार घरेलुसमर्थकबीच हिजो भएको महिला साफ च्याम्यिनसिपमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । लगत्तै नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले पनि प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए ।
थापाले यसै प्रतियोगिताको सुरुवातमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।
तस्बिर : एन्फा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Lakpa nuru sherpa
Sept. 20, 2022, 6:48 a.m.खेलमा हार जित हुनै पर्छ एक जनाको हार नभए एकको जित हुन्न भन्ने कुराको हेक्का राखनु पर्छ किन खेल बाटै सनियास लिनु पर्छ ।कुन नेता चुनाव हारदा राजनीति वा पाटी बाट सन्यास् लेको छ यो राम्रो काम हैन जुन खेल बाटै हार खानु भनेको धन्यवाद