ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मङ्गलवार मुख्य कार्यकारी समिति (सीईसी) काे बैठकपछि क्रिकेट खेलकाे केही नियममा परिवर्तन गरेकाे छ ।
नियम परिवर्तनकाे सिफारिस साैरभ गांगुलीकाे नेतृत्वमा रहेकाे पुरुष क्रिकेट कमिटीले गरेकाे थियाे । पुरुष र महिला क्रिकेटमा याे परिवर्तन आउँदाे अक्टाेबर १ देखि लागू हुनेछ । यस्ता छन् परिवर्तन हुन लागेका नियम–
१. आईसीसीकाे नयाँ नियमअनुसार टी–२० मा जसरी अब एकदिवसीयमा पनि ब्याटर पहिलाे बल खेल्नका लागि तयार हुनुपर्नेछ । टी–२० क्रिकेटमा क्रिजमा रहेकाे ब्याटर आउट भएपछि नयाँ आउने ब्याटर पहिलाे बल खेल्नका लागि ९० सकेन्डभित्र तयार हनुपर्छ । अब एकदिवसीय र टेस्टमा याे समय दुई मिनेटकाे हुनेछ । यदि ब्याटर ताेकिएकाे समयमा पहिलाे बल खेल्नका लागि तयार भएन भने ऊ आउट हुनेछ ।
२. कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि आईसीसीले बलमा थुक लगाउन प्रतिबन्ध लगाएकाे थियाे । अब याे प्रतिबन्ध सधैँका लागि लागू गरिएकाे छ । अब खेलाडीले बललाई थुक लगाएर चम्काउन सक्ने छैनन् ।
३. यदि कुनै ब्याटर क्याच आउट भयाे भने नयाँ ब्याटर नै स्ट्राइकमा आउनेछ । दुवै ब्याटरले क्याच हुनुअघि क्रिज परिवर्तन गरेकाे भए पनि नयाँ ब्याटरले नै अर्काे बल खेल्नेछ ।
४. ब्याटरले पिचभित्र रहेर बल खेल्नुपर्नेछ । यदि बल खेल्ने क्रममा ब्याटरकाे ब्याट या शरीर पिचबाहिर गयाे भने त्याे बलमा रन मानिने छैन । अम्पायरले त्याे बललाई डेड बलकाे संज्ञा दिनेछन् । यदि बलरले ब्याटरलाई पिचबाहिर जान बाध्य बनाए भने त्याे बललाई नाे बल दिइनेछ ।
५. यदि बलरकाे रनअपका क्रममा काेही खेलाडी जानीबुझी आफ्नाे ठाउँबाट सरे भने अम्पायरले टिममाथि ५ रनकाे पेनाल्टी लगाउनेछन् ।
६.म्यानकाडिङलाई अब अनुचित खेल खण्डबाट रन आउट खण्डमा सारिएकाे छ । अब म्यानकाडिङलाई सामान्य रन आउट नै मानिनेछ ।
७. यसअघि बलर क्रिजसम्म पुग्नुअघि नै ब्याटर अघि बढ्दा बलरलाई 'थ्राे' गरेर रन आउट गर्ने अधिकार हुन्थ्याे तर अब यसलाई डेड बलकाे संज्ञा दिइनेछ ।
८. सन् २०२२ जनवरीदेखि टी–२० क्रिकेटमा नयाँ नियम लागू भएकाे छ जसमा तय गरिएकाे समयमा ओभर सक्नुपर्ने हुन्छ । ओभर ढिलाे हुँदा फिल्डिङ गरिरहेकाे टिमले एक अतिरिक्त फिल्डर ३० गजकाे दायरामा ल्याउनुपर्ने हुन्छ । अब यही नियम एकदिवसीय क्रिकेटमा पनि लागू हुनेछ । याे नियम आईसीसी पुरुष क्रिकेट विश्व कप सुपर लिग २०२३ पछि लागू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।